arrow

एघार जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
crime-final-everytime-use.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । काठमाडौं महानगरपालिका १ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धरसमेत सात जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालका ७ धपासीस्थित कबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार रुपैयाँ  र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ