arrow

गण्डकीमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
weather-kathmandu-raining.jpg

गण्डकी । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु-भागको केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मङ्गलबार देशका पहाडी भू-भागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री तथा अधिकमत तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ