arrow

पौडेललाई जिताएर राष्ट्रपति बनायौं, भट्टराईलाई जिताएर मन्त्री बनाऔंः सांसद भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
shankar-bhandari-2079.jpg
तस्बिर – फाइल ।

तनहुँ । नेपाली कांग्रेस युवा नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताएर मन्त्री बनाउनु पर्ने बताएका छन् ।  

तनहुँ १ का मतदाताले तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको र बैशाख १० गते हुने उपनिर्वाचनमा मन्त्री बनाउने अवसर आएको बताए ।

सो कुरा नेता भण्डारीले तनहुँको व्यास नगरपालिका–१० वैरनीमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै बताएका हुन् । गठबन्धनको सरकार भएकाले जनताले विकासको पूर्वाधार निर्माणको लागि गठबन्धनकै उम्मेदवारलाई जिताउँदा सहज हुने भएकोले जीत सुनिश्चित रहेको उनको भनाइ छ । 

‘‘यस पटक गोविन्द भट्टराई जिताएर मन्त्री बनाउनु पर्छ त्यसको साथ दिन म तयार छु भण्डारीले भने, सरकार भए नै काम गर्न सकिन्छ ।’ उम्मेदवार भट्टराईको राजनीतिमा धेरै लामो योगदान, त्याग भएको तर अवसर नपाएको नेता भएकोले उपनिर्वाचनमा विजय गराएर न्याय गर्नु पर्ने भण्डारीको भनाइ थियो । 

भट्टराई आफू भन्दा पनि सिनियर नेता भएको र अवसर नपाएको भएपनि  जिल्लाको विकास ठूलो योगदान दिएको बताए । 

‘‘गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ नेता भण्डारीले भने स्थायी सरकार र समृद्धिको लागि गठबन्धन गरिएको हो ।’’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा संविधान कुल्चने, गणतन्त्रलाई उल्टाउने र पार्टी फुटाउने चेष्टा भएपछि गठबन्धन गरिएको भण्डारीको भनाइ थियो । राजनीतिक स्थायित्व बिना देशको विकास हुन नसक्ने कुराको हेक्का राख्दै गठबन्धन गरिएको  भण्डारीले बताए । 

उत्तेजना तथा भावावेशमा आएर राजनीतिले सही निकास दिन नसक्ने भण्डारीले बताए । पूर्व मन्त्रीसमेत रहेका भण्डारीले धेरै असुष्टि बोकेर नभइ संयमता, धर्यता र कर्तव्यबोध भएकोले मात्रै देश बनाउन बताएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पूर्व क्षत्रीय सचिव तुलसीराम सापकोटा, व्यास नगर सभापति सूयचन्द्र हड्खले, वडा सभापति प्रेमराज मिश्र लगायतले मंसिर ४ गतेको चुनावमा भारी मतान्तरले गठबन्धनको उम्मेदवारले चुनावमा जितेकाले उच्च मनोबल बनाइ सबै जना मिलेर प्रचार प्रसार जुट्न जरुरी रहेको कुरामा जोड दिएका थिए । 

भण्डारीलाई उपनिर्वाचनको लागि सत्ता गठबन्धनले चुनावी कमाण्डर तोकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ