arrow

युवा संघको महाधिवेशनमा हतियार प्रदर्शन, चक्रे मिलनका सहयोगी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
chakre-milan-sahayogi-hatiyar.jpg

नेपालगञ्ज । राष्ट्रिय युवा संघको नवौं महाधिवेशनमा नेपालगञ्ज उपस्थित भएका नेकपा एमाले सम्बद्ध युवाहरुले सोल्टी होटल नेपालगञ्जमा हतियार प्रदर्शन गरेका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशन का लागी देशभरबाट नेपालगञ्ज पुगेका युवा संघ सम्बद्ध ती युवाहरुको आइकन थिए चक्रे मिलन । चक्रे मिलनको अघि–अघि र पछि–पछि युवाहरुको दस्ताले नेपालगञ्जमा रहेको पाँच तारे होटल सोल्टीमा हतियार प्रदर्शन गरेको आफैँ भिडियो खिचेका थिए ।
सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको उक्त भिडियोमा बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका अन्तर्गत पर्ने एउटा वडाका निर्वाचित जन प्रतिनिधि ज्ञानेन्द्र ओलीसमेत देखिन्छन् ।

त्यसैगरी केही महिनाअघि नेपालगन्जमा अनुराग शाहमाथि आक्रमण गरेका युवाहरुसमेत सहभागी देखिन्छन् । युवा संघको राष्ट्रिय महाधिवेशन भनिए पनि देशभरबाट आएका युवाहरुले सार्वजनिक स्थलमा हतियार प्रदर्शन गरी कानूनी राज्यको धज्जी उडाएका थिए । 

यसबीच, गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) का सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । होटलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेशबहादुर बोगटीलाई आइतबार राति पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए ।

बाँके प्रहरीले पक्राउ परेका बोगटीलाई कुन मुद्दा चलाउने भन्ने बारेमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।

सामाजिक सञ्जाल (टिकटक) मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगञ्जकै स्थानीय हुन् । 

युवा संघको राष्ट्रिय महाधिवेशन २७ चैत देखि २९ गतेसम्म नेपालगञ्जमा जारी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ