- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको नेपालगञ्ज महाधिवेशन बुधबारसम्म चल्नेछ । महाधिवेशनमा हालका अध्यक्ष किरण पौडेलले नेतृत्व हस्तान्तरण गर्दैछन् ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका पौडेलले नेतृत्व हस्तान्तरण गर्ने भए पनि नेतृत्वको कुरा भने मिलेको छैन । खासगरी ताप्लेजुङका क्षितिज थेवे र काभ्रेका अमित लामाबीच कुराकानी नमिलेको हो ।
उनीहरु दुवैले अध्यक्षमा दाबी गरिरहेका छन् । एमालेको सबैभन्दा बढी क्रियाशील जनवर्गीय संगठनको रुपमा रहेको युवा संघको नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि उनीहरु दुवैले आफूलाई अध्यक्षको दाबी गरिरहेका छन् ।
दुवैको विगत ओली पक्षको छ । एमालेको दशौं महाधिवेशनपछि भने हालको नेतृत्व महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलमा विभाजित हुँदा अहिले यो समस्या परेको छ ।
महासचिव पोखरेल पक्षधरबाट लामाले दाबी गरिरहेका छन् । तर उनको उपस्थिति साह्रै न्यून रहेकाले क्षितिज थेवकै पकड रहेको छ ।
थेवेलाई पौडेल पक्षधरका महेश बस्नेतले काँध थापेर हिडिरहेका छन् । ओलीले युवा संघमा शंकर पोखरेलेको वर्चश्व नभएको थाह पाएरै राष्ट्रिय युवा संघलाई उनले एमालेको बलियो खम्बाको रुपमा व्याख्या गरे पनि नेतृत्व चयनप्रति भने असन्तुष्ट रहेका छन् ।
ओलीले पार्टीविरुद्ध घेराबन्दी हुँदा युवा संघ सडकमा उत्रिन सक्नु पर्ने र युवा संघमा जिम्मेवारी नपाउनेहरूलाई पार्टीले थप जिम्मेवारी दिने आश्वासन दिएर उनले सम्मेलन सफलताको शुभकामना दिई फर्केका थिए ।
‘युवा संघभित्रको लडाइँ भनेकै महेश बस्नेतले कब्जा गर्ने कि नगर्ने भन्ने हो । अहिलेसम्म बस्नेतकै कब्जामा रहेकाले ओलीको पनि केही जोड नचलेको हो’, स्रोतले भन्यो ‘ देशभरका गुण्डाहरु परिचालन गर्ने, संरक्षण गर्ने संगठनको रुपमा देखिन थालेको छ यो गम्भीर विषय हो ।’
महाधिवेशनमा थितिज थेवलाई भने प्रतिनीधिहरुले बौद्धिक नेताको रुपमा लिएका छन् । बस्नेतको कब्जामा भए पनि यदि थेवेले नेतृत्व लिएमा संघमा सुधार आउने विश्वास गरेका छन् । किरण पौडेल पनि शालिन नेता भएपनि उनले बस्नेतकै निर्दैशन बढी पालाना गरेको आरोप लाग्दै आएको थियो ।
हुनतः नेपालगञ्जमा महाधिवेशनको पूर्व संन्ध्यामा पनि चक्रे मिलनका केही गुण्डाहरुको मार्चपास भएको थियो । तर युवा संघले उनीहरु महाधिवेशनमा नआएको बताएको छ ।
महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै निवर्तमान अध्यक्ष पौडेलले प्रतिनिधिको चाहना र भावना अनुसार अघि बढ्ने बताएका छन् ।
‘नेतृत्व चयनको लागि सर्वसहमत वा निर्वाचन गर्ने भन्ने प्रतिनिधिको जे माग हुन्छ त्यहि भावना अनुसार अघि बढिने छ,पार्टी र युवा संघमा राजनीतिक वा बैचारिक कुनै गुटबन्दी छैन पद प्राप्तिको लागि टकराव हुनसक्छ यसलाई हामीले व्यवस्थापन गर्नेछौँ’, निवर्तमान अध्यक्ष पौडेलले महाधिवेशनस्थलबाट भने ।
उनले महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने दाबी गरे । नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढी जनपरिचालन भैरहेको छ । महाधिवेशन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागी भएका थिए ।
कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।