arrow

आठ हजार बढी अमेरिकी डलरसहित नौ नेपाली पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
crime-final-everytime-use.jpg
तस्बिर – फाइल ।

काठमाडौं । ८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोएसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जना भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।

उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ ।  

मंगलबार पनि प्रहरीले २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ