arrow

समिट रेसिडेन्सी व्यवस्थापन र सञ्चालनमा संलग्न नभएको सीजीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २८ मंगलबार
cg-developers.jpg

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी डेभलपर्स प्रालीले समिट रेसिडेन्सीको व्यवस्थापन र सञ्चालनमा आफूहरू संलग्न नरहेको दाबी गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रालीले बजारमा आएजस्तो समिट रेसिडेन्सीमा सीजी ग्रुपको संलग्नता नभएको जानकारी दिएको हो ।

सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित भएको भन्दै ती परियोजनाले नेपालको रियल स्टेट क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको सीजी डेभलपर्सका अध्यक्ष राहुल चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सीजीले समिट रेसिडेन्सीको परियोजनामा सीजी डेभलपर्सको ३० प्रतिशत शेयर रहेको बताइएको छ । बाँकी ७० प्रतिशत शेयर रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ र सञ्चित श्रेष्ठको रहेको पनि विज्ञप्तिमा जानकारी दिइएको छ ।

समिट होटलले बनाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन र सञ्चालनको जिम्मा सञ्चित श्रेष्ठले लिएको जानकारी दिएको छ ।

ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा परेका छन् । सो क्रममा सीजीलाई पनि मुछ्ने प्रयास भइरहेको भन्दै सीजीले स्पष्ट पारेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ