arrow

दुई करोड काण्डमा मुछिएका ढाका अदालतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
dhakakumar-shrestha-rsp.jpg

काठमाडौं । दुई करोड रुपैयाँ काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठ अदालत गएका छन् । मेडिकल ब्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि उनी आफू अदालत गएको बताएका छन् । 

उनले बुधबार पार्टी केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा आफू सार्वजनिक भएको अडियोविरुद्ध मंगलबार नै न्यायालय गइसकेको बताएका हुन् ।

‘उनले भने, ‘म हिजो मात्रै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तहरू, तपाईंहरू निश्चिन्त हुनुहोला, म न्यायालयमा आफ्ना कुरा राखेर क्लिन चिट ल्याएर यसरी नै प्रेस मिट गर्नेछु’ ।’

गत सोमबार मात्र ढाकाकुमारको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा अडियो सार्वजनिक गर्ने मिडियाविरुद्ध विद्युतीय ऐन, २०६४ अनुसार कडा भन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएको थियो ।

तर डा. ढाकाका भनाइहरु भने विवादास्पद हुँदै गएका छन् । कहिले उनले आफू कमजोर नभएको र कसैले दुई करोड रुपैयाँ फोनमा माग्छ त ? भनेर उल्टै मूर्ख बनाउन खोजिरहेका छन् । 

कुनै समयमा उनले एउटा यु–ट्युबरलाई आफूले दुर्गा प्रसाईँलाई नचिनेको बताउँछन् । कुनैबेला भने उनले आफूले दुर्गा प्रसाईँलाई फोन नगरेको तर कसैले आफ्नो फोनको दुरुपयोग गरेर सम्पर्क गरेको हुन सक्ने बताएका छन् । 

पार्टीले आज कारबाहीको निर्णय सुनाउने भने पनि कुनै निर्णय गरेको छैन । 

सभापति रवि लामिछानेले कुहिएको आलुलाई बोराबाट कसरी निकाल्नुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ