arrow

जर्मनीकी विदेशमन्त्री चीनमा, ताइवानमा तनाव बढाएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
baerbock-german.JPG

चीन ।  जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोक तीन दिने चीन भ्रमणमा रहेकी छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको बेइजिङ भ्रमणपछि जर्मनीकी विदेशमन्त्री चीन पुगेकी हुन् । उनी अप्रिल १३ देखि १५ सम्म भ्रमणमा रहनेछिन् । 

साथै उनको बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा जर्मनीले ताइवानमा हालै भएको सैन्य अभ्यासबाट चीनले तनाव बढाएको आरोप लगाएको छ । “चेतावनीका लागि सैन्य हाव भाव जस्ता उपायले अनपेक्षित सैन्य भिडन्तको जोखिम बढाएको हाम्रो बुझाई छ,’ विदेश मन्त्रालयका प्रवक्ता एन्ड्रिया सासेले भने ।  

जर्मनीले यस क्षेत्रमा तनाव कम गर्न योगदान गर्न आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गरिरहेको उनले बताए । 

उनले ताइवान र युक्रेनको युद्धबारे शीर्ष चिनियाँ विदेश र रक्षा अधिकारीहरूसँग छलफल गर्नेछिन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको बेइजिङ भ्रमणपछि यो विषयले निकै चर्चा पाएको छ । 

म्याक्रोनले गत साता चीनबाट फर्कने क्रममा ताइवानबारे युरोपले अमेरिकी नीति मान्न नहुने भन्दै केही पश्चिमा मित्रराष्ट्रको आलोचना गरेको थियो । 

सासे र चान्सलर ओलाफ स्कोल्जका प्रवक्ताले बुधबार पत्रकार सम्मेलनमा म्याक्रोनको टिप्पणीको जवाफ माग्दा टिप्पणी गर्न अस्वीकार गरेको थियो । 

सन् १९४९ मा भएको गृहयुद्धपछि चीन र ताइवान ‘विभाजित’ भएका थिए । 

बेइजिङले लोकतान्त्रिक टापुलाई आफ्नो भूभागको एक भागको रूपमा हेर्छ र हालैका वर्षहरूमा टापुको वरिपरि आफ्नो सैन्य तथा अन्य गतिविधिलाई बढवा दिँदै कुनै दिन यसलाई मुख्य भूमिमा गाभिछाड्ने बताउँदै आएको छ । 

वासिङ्टनले दशकौंदेखि ताइपेईलाई आफ्नो आत्मरक्षाका लागि हतियार बेचेको छ र राजनीतिक समर्थनको प्रस्ताव गरेको छ ।

ताइवानकी राष्ट्रपति साई इङ-वेनले गत साता संयुक्त राज्य अमेरिकाको भ्रमण गरेपछि चीनले तीन दिने सैन्य अभ्यास सोमबार सम्पन्न गरेको छ ।

इयूका विदेश नीति प्रमुख जोसेप बोरेल बेयरबोकको भ्रमणमा सहभागी हुने कार्यक्रम थियो तर कोभिड-१९ को सङ्क्रमण पुष्टि भएपछि उनको भ्रमण स्थगित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ