arrow

चेन्नई राजस्थानसँग तीन रनले पराजित, धोनीले हारे दुई सयौं खेलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
rajhastan-dhoni-ipl.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किंग्स पराजित भएको छ । चेन्नई जारी सिजनको १७ औं खेलमा राजस्थान रोयल्ससँग पराजित भएको हो । 

चेन्नईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा आफ्नो चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा राजस्थानले चेन्नई सुपर किंग्सलाई ३ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनायो ।  ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रन बनाए । 

अजिन्क्या रहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित रहँदै ३२ रन बनाए । 

रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २५ रन बनाए । 

राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २–२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १–१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए । देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए ।

शिमरन हिटमायरले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाए । 

चेन्नईका लागि तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २–२ विकेट लिएका थिए ।

योसँगै चेन्नईका लागि दुई सयौं खेल खेलेका कप्तान धोनीले उक्त महत्वपूर्ण खेलमा टोलीलाई जिताउन सकेनन् । 

अंक तालिका
जितपछि राजस्थान ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । लखनउ सुपर जाइन्टस ६ अंकबाटै दोस्रो स्थानमा झरेको छ । 

कोलकाता नाइट राइडर्स, गुजरात टाइटान्स, चेन्नई र पञ्जाब किंग्सको समान ४ अंक छ । रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादको समान २–२ अंक छ । दिल्लीले खाता खोलेको छैन । 

आजको खेल 
आज एउटामात्र खेल हुनेछ । बेलुकी ७ः४५ बजे पञ्जाब किंग्सले मोहालीमा गुजरात टाइटान्ससँग खेल्नेछ । 



नयाँ