- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेसका शेखर–गगन समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए ।
उनले आफूहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउनु पर्छ र पाइन्छ भनेको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर–गगन समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।
यसअघि यो समूहलाई जम्मा दुई जनामात्र मन्त्री दिने भनेपछि नामै सभापति शेरबहादुर देउवालाई पठाएका थिएनन् । प्रचण्ड नेतृत्वको सरकारमा अहिलेसम्म आठमध्ये चार जनामात्र मन्त्री भएका छन् ।
शेखर समूहले सिधै प्रधानमन्त्री प्रचण्डसँग पनि वार्ता गर्दै आएको छ ।