arrow

टेलिकमले ल्यायो तीन महिने स्प्रिङ अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३० बिहिबार
nepal-telecom_1617944918.png

काठमाडौं । नेपाल टेलिकमले चैत २९ बुधबारदेखि तीन महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । 

यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक रु. ८,००० मा उपलब्ध हुने टेलिकमले जनाएको छ । 

पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक रु. ६,००० मा उपलब्ध गराइने छ । 

साथै कम्पनीले १ वर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ । 

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ । 

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । 

सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको टेलिकमले जनाएको छ । 

प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा ८ज्ञद्धद्धद्द३ डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिने जनाइको छ । 

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ८ज्ञ३  डायल गर्नुपर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ