arrow

स्याङ्जाको मालुङ्गामा टेलिकमको एफटीटीएच सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
Telecom-Tower-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल टेलिकमले स्याङ्जाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरी उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटीटीएच) सेवाको विस्तार गरेको छ । 

उक्त सेवामार्पmत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अब उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्ने टेलिकमले जनाएको छ ।  

एफटीटीएच सेवा अन्तर्गत २५ एमबीपीएसदेखि १ जीवीपीएस स्पिड क्षमतासम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनीय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए । 

मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्रसमेत हो । त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।

त्यसैगरी हाल वितरण गरिएको एनटीफाइबर सेवामार्फत एउटै सरकारी दरमा ब्रोडब्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटासमेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । 

उनका अनुसार यो सेवामार्फत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवासमेत प्राप्त गर्न सकिने छ । 

एफटीटीएच सेवामा गुणस्तरीय र विश्वसनीय दुवै रहेकाले गल्याङ कार्यालयमार्पmत करिब १३ किलोमिटर परको दूरीमा विस्तार गरी प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणिप्रसाद बश्यालले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ