arrow

आजबाट कार्यान्वयनमा आयो बैंकको ब्याजदर एकल अंकमा झार्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
bank-interest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको बैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो । 

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदरसमेत केही प्रतिशत घट्ने भएको छ । बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । 

यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् । शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ