- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्ससँग खेल्दैछ ।
खेल बेंगलुरुमा दिउँसो ३ः४५ बजे हुनेछ । दिल्ली सबैभन्दा खराब फर्ममा रहेको छ । अहिलेसम्म चार खेल खेलिसक्दा पनि दिल्लीले अंकको खाता खोल्न सकेको छैन । आज खाता खोल्ने अवसर रहे पनि अवे खेलमा दिल्ली मुस्किलमा रहेको छ ।
ऋषभ पन्त घाइते भएर खेल्न नसकेपछि दिल्ली दरारमा परेको छ ।
आजको दोस्रो खेलमा लखनउ सुपर जाइन्टस् र पञ्जाब किंग्स खेल्दैछन् । खेल लखनउमा बेलुकी ७ः४५ बजे लखनउमा शुरु हुनेछ ।
अंक तालिका
चौथो चरणको खेल सकिँदै गर्दा राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस र गुजरात टाइटान्सले समान ६ अंक बनाएका छन् ।
कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पंजाब किंग्स र सनराइजर्स हैदराबादको समान ४ अंक छ ।
रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सको समान २ अंक छ ।
दिल्ली क्यापिटल्स भने पुछारमा छ ।