arrow

वर्षमानकी आमामाथि गोली प्रहार, गोली हान्ने प्रहरी सहायक हबल्दार नाति पर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
bullet-goli.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तकी आमामाथि गोली प्रहार भएको छ । घरमा सुरक्षार्थ खटिएका पीओसोले गोली चलाउँदा उनी घाइते भएकी हुन् । 

शुक्रबार साँझ नयाँ वर्षको अवसरमा घरमै खानपिन चलिरहेका बेला वर्षमानकी आमा तीर्थमालीमाथि पीओसोले गोली चलाएका हुन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ । 

गोली प्रहार गर्ने नातामा नाति पर्ने प्रहरी सहायक हबल्दार प्रकाश पुनमगर हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर दुई नम्बर गण पुर्याएको छ । 

वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीमगर यतिबेला चीन उपचार गराइरहेका छन् । 

उनीहरु नभएको बेला घरमा आमाको सुरक्षार्थ खटिएका प्रहरीले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने पुनमगरको दरबन्दी प्रहरी प्रधानकार्यालयस्थित सुरक्षा महाशाखामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ