arrow

परराष्ट्रमन्त्री बन्दै एनपी साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
np-saud-kanchanpur-2-congress-mp-2079-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् । उनले आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । 

सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ