arrow

दर्दमा दिल्ली

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
delhi-capitals-ipl-bangalore.jpg

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लगातार पाँचौं हार बेहोरेको छ । 

अंकविहीन दिल्लीले शनिबारको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग २३ रनको हार बेहोर्यो । बेंगलुरुमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंगलोरले ६ विकेटको क्षतिमा १७४ रन बनायो । 

विराट कोहलीले ३४ बलमा ५०, महिपाल लोम्रोरले १८ बलमा २६ रन बनाए । मिचेल मार्श र कुलदीप यादवले २–२ विकेट लिए । 

जवाफमा दिल्लीले ९ विकेटको क्षतिमा १५१ मात्र बनाउन सक्यो । मनिश पाण्डेले ३८ बलमा ५० तथा एन्रिच नोर्जेले १४ बलमा अविजित रहँदै २३ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

विजयकुमार भ्याशकले सर्वाधिक ३ विकेट लिए । 

पाँचौं चरणको खेल शुरु हुँदा राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस र गुजरात टाइटान्सले समान ६ अंक बनाएका छन् । 

कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, पंजाब किंग्स, रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादको समान ४ अंक छ । 

मुम्बई इन्डियन्सको २ अंक छ । दिल्ली क्यापिटल्स भने पुछारमा छ । 
 



नयाँ