arrow

साथीलाई होइन पार्टीलाई : डा कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
shekhar-koirala-2079.jpg

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन् । नेकां मोरङको कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई  पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे ।

नेता डा कोइरालाले नेकांका कार्यताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे । उनले वर्तमान उपनिर्वाचनमा नेकांका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्तले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे ।

नेकांका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि नकांको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले लामो इतिहास बाँकेको नेकां समक्ष रहेको विभिन्न प्रकारका चुनौती समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथमा सहयोग आवश्यक रहेको विचार व्यक्त गरे ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ