- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पन्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो ।
लखनउले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । पन्जाबको जितमा सिकन्दर राजाले ५७ रन बनाए । माथ्यु सर्ट ३४ तथा हर्पित सिंह २२ रनमा आउट भए ।
लखनउका मार्क उड, रबि बिस्नोई र युधभिर सिंहले २–२विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले ८ विकेट गुमाएर १५९ रन जोडेको थियो । कप्तान लोकेश राहुलले ७४ रन बनाए ।
पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।
अंक तालिका
यो खेलपछि राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स र पञ्जाबको समान ६–६ अंक भएको छ । कोलकाता, चेन्नई, बेंगलोर र हैदराबादको समान ४ अंक छ ।
मुम्बई इन्डियन्सको २ तथा दिल्ली क्यापिटल्स अंकविहीन रहेको छ ।