arrow

एनपी साउदले शपथ लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
np-saud.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीको छलफल भएको थियो । 

छलफलपश्चात् प्रधानमन्त्री प्रचण्डले एनपी साउदलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी दिन भएका छन्। 

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि सिँचाइमन्त्री बनेका थिए।  उनको शपथ आज दिउँसो ३ बजेको लागि तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री बनाउने भएका हुन् ।

परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु गरेको छ।

प्रधानमन्त्रीले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

 कांग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिए  मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।  तर नयाँ मन्त्रीको टुङ्गो लागेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ