arrow

आठौं पटक मन्त्रिपरिषद् विस्तार, एनपी साउद तेस्रो पटक मन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३ आइतबार
nps-saud-oath.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छिन् । 

दुवैले आजै शपथ ग्रहण गरेका छन् । साउद तेस्रो पटक मन्त्री भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए ।

पञ्चायतकालमा विद्यार्थी राजनीतिबाट उदाएका साउदले २०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ (नेवीसंघ) को इकाइ सचिव भएर राजनीतिमा पाइला टेकेका थिए । 

उनी २०४१ सालमा नेवीसंघको केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । २०४८ सलिमा नेवीसंघको अध्यक्ष बने । २६ वर्षको उमेरमा उनी नेवीसंघको अध्यक्ष बनेका थिए ।

यसैबीच आठौं पटक मन्त्रिपरिषद् विस्तार भए पनि अझै मन्त्रिपरिषद् पूर्ण भने हुन सकेको छैन । पाँच मन्त्रालय अझै प्रधानमन्त्रीको भागमा रहेका छन् । 

नेपाली कांग्रेसले आठ वटा मन्त्रालयको जिम्मा पाएको भए पनि अहिलेसम्म पाँच वटा मन्त्रालय मात्र सम्हालेको छ । अब बाँकी रहेका तीन मन्त्रालय कांग्रेसको संस्थापन इतर पक्ष शेखर–गगन समूहको भएको बताइएको छ । 

तर अहिलेसम्म उक्त समूहबाट कोही सरकारमा सामेल भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ