- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स फर्ममा फर्किएको छ ।
शुरुआतका दुई खेल हारेर कमजोर आँकिएको मुम्बईले त्यसपछिका लगातार दुई खेल जित्दै फर्ममा फर्किएको संकेत दिएको हो ।
आइतबार बेलुकी भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हरायो । वाङ्खेडे मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको क्षतिमा १८५ रन बनायो । वैकटेश ऐयरले ५१ बलमा १०४ रन बनाए । सन् २००८ पछि कोलकाताका लागि कसैले पहिलो पटक शतक बनाएको हो ।
हृतिक शोकिनले २ विकेट लिए । लिटिल मास्टर सचिन तेन्दुलकरले मुम्बई इन्डियन्सबाट डेब्यु गरेका छन् । उनले शुरुआती दुई ओभर बलिङ गरे । तर विकेट भने लिएनन् । उनले १७ रन दिएका थिए । उनलाई उत्साह थप्न सचिन नै पुगेका थिए ।
जवाफमा मुम्बईले १७.४ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । इशान किशनले २५ बलमा ५८, सूर्यकुमार यादवले २५ बलमा ४३, तिलक वर्माले २५ बलमा ३० तथा टिम डेभिडले १३ बलमा २४ रन जोडे ।
यो जितपछि मुम्बई पनि चार अंक क्लबमा उत्रिएर आठौं स्थानमा पुगेको छ । कोलकाताको पनि चार अंक नै छ ।