- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पहिलो च्याम्पियन राजस्थान रोयल्स जारी १६ औं संस्करणको शीर्ष स्थानमा पुगेको छ ।
सन् २००८ को विजेता राजस्थान अहिले जारी संस्करणमा ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुगेको हो । आइतबार राति भएको खेलमा साविक विजेता गुजरात टाइटान्सलाई ३ विकेटले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा पुगेको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले ७ विकेटको क्षतिमा १७७ रन बनायो । डेभिड मिलरले ४६ तथा शुबमन गिलले ४५ रन बनाएको इनिङ्समा सन्दीप शर्माले २ विकेट लिए ।
जवाफमा राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्यो । शिम्रन हेटमायरले २६ बलमा अविजित रहँदै ५६ रन बनाए । त्यस्तै कप्तान सन्जु सामसनले ३२ बलमा ६० रन जोडे । मोहम्मद शमीले ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् ।
अंक तालिका
राजस्थान रोयल्स ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस, गुजरात टाइटान्स, पञ्जाब किंग्सको समान ६ अंक छ ।
कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादको ४ अंक छ । अंकविहीन दिल्ली पुछारमा छ ।
आजको खेल
आज एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे बैंगलोर र चेन्नई भिड्दै छन् ।