- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नइ सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि रोमान्चक जित हासिल गरेको छ । सोमबार राति घरेलु मैदान एम चेन्नास्वामीमा बेंगलोर ८ रनले पराजित भएको हो ।
चेन्नईले दिएको २२७ रनको फराकिलो लक्ष्य पछ्याएको बेंग्लोरले ८ विकेट गुमाउँदै २१८ रन बनाउन सक्यो । खेल अवधिभर नै निकै रोमाञ्चक भए पनि अन्तिममा बेंगलोरले उक्त लक्ष्य भेट्टाउन सकेन । बेंगलोरले १५ रन बनाउँदा २ विकेट गुमाएर हारको संकेत दिएको भए पनि ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले तेस्रो विकेटका लागि गरेको शानदार साझेदारीले टिम जित नजिक पुगेको थियो ।
दुई बीच ६१ बलमा १२६ रनको साझेदारी भएको थियो । बेंगलोर १२ ओभरमा १४१ रनमा २ विकेट गुमाएर बलियो अवस्थामा थियो ।
तर उसले बाँकी ७७ रन जोड्दा ६ विकेट गुमाएर हार व्यहोर्न पुग्यो । म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रन बनाउँदा कप्तान प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए ।
दिनेश कार्तिकले १४ बलमा २८ रनमा आउट हुँदा सुयश प्रभुदेशाई ११ बलमा १९ रन बनाउँदै आउट भए ।
चेन्नाईका तीव्र गतिका बलर तुषार देशपान्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए ।
चेन्नईको इनिङ्स
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रन बनाएको थियो । ओपनर डेभन कन्वे र शिभम् दुबेले अर्धशतकीय इनिङ्स खेले ।
कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रन बनाए । दुबेले २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रन बनाए ।
तेस्रो विकेटका लागि दुबे र कन्वेले ३७ बलमा ८० रनको साझेदारी गरेका थिए ।
अजिँब्क्यम रहानेले २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन जोड्दै आउट भए । दोस्रो विकेटका लागि कन्वे र रहानेले ७४ रनको साझेदारीका गरेका थिए ।
अंक तालिका
राजस्थान रोयल्स ५ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस, चेन्नई सुपर किंग्स, गुजरात टाइटान्स र पञ्जाब किंग्सको समान ६ अंक छ ।
कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादको ४ अंक छ । अंकविहीन दिल्ली पुछारमा छ ।
आजको खेल
आज एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे हैदराबाद र मुम्बई भिड्दै छन् ।
खेल हैदराबादको मैदानमा हुँदैछ ।