arrow

पारस–हिमानी नाचे छमछमी

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असोज १६ आइतबार
paras-himani.jpeg
काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए ।
 
हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र हिमानीलाई नचाउने पात्र पाहुनाहरू भएका थिए । 
 
सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका थिए ।
 
पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए। नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो।
 
पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेको भोज ८ बजेबाट सुरु भएको थियो।
 
हिमानीको जन्मदिन शनिबार भए पनि शुक्रबार जन्मदिन मनाइएको थियो। जन्मोत्सवमा भोजस्थल विशेष रूपमा सजाइएको थियो।
 
बिभिन्न ब्राण्डका ह्वीस्की, वाइन र बियरको व्यवस्था गरिएको भोज सोल्टी होटलले निर्माण गरेको केक काटेर सुरूआत गरिएको थियो। हिमानीले केक काट्नासाथ सबै पाहुनाले शुभकामना दिएका थिए।
 
केक काट्दा पति पारस,  पूर्वराजा ज्ञानेद्र, पूर्वरानी कोमल र उनका नाती नातिना सँगै थिए। बुहारीको जन्मदिन मनाउन पूर्वराजा ज्ञानेन्द्र र कोमल ७ बजे सोल्टी पुगेका थिए।
 
डान्स पार्टी सुरू भएपछि सबैले नेपाली गीतमा नाचगान गरेका थिए। नाच सुरू हुनासाथ पारस र हिमानीलाई हात समाएर नचाइएको थियो। 
 
हिमानी र पारस दुबैले हात समातेर नाच्दा सबैले ताली बजाएका थिए। ८ बजे सुरू पार्टी मध्यरात सकिएको थियो। (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ