arrow

घट्यो शेयर

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार पनि शेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९०४ को विन्दुमा आएर अडिएको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो । 

यसैगरी, नेप्से सूचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ ।   

त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरी शिवम् सिमेन्टको करिब ४ करोडको कारोबार भएको हो । 

मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

मंगलबार कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ