arrow

बढ्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार उकालो लागेको छ । सोमबार नेप्से सूचकमा १५.१३ अंकले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ। 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २.८५ अङ्कले बढेर ३६५।९० विन्दुमा पुगेको छ। बुधबार नेप्से सूचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ ।

यसअघि मंगलबार नेप्से सूचक ३ अंकले घटेर १९०४ विन्दुमा अडिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ। यसको ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नबिल बैंक र एनआईसी एसियाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।  १३ उपसूचकहरुमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसूचकहरूमा उकालो लागेको छ । 

बुधबारको कारोबारमा कालिनचोक दर्शन, मोलुङ हाइड्रो पावर र गुरास लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। 

यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन् । यसैगरी ९.५ प्रतिशत एनसिसि ऋणपत्र र सामलिंग पावर कम्पनीको ८ प्रतिशतले वृद्धि भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ