- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टस विजयी भएको छ । गएराति भएको खेलमा लखनउले राजस्थान रोयल्सलाई १० रनले पराजित गर्यो ।
जयपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १५४ रन बनायो । कायल मायेर्सले ४२ बलमा ५१ रन बनाए । रविचन्द्रन आश्विनले २ विकेट लिए ।
जवाफमा राजस्थानले ६ विकेटको क्षतिमा १४४ रन बनायो । यशस्वी जयसवालले ४४ तथा जोस बटलरले ४० रन बनाए । आवेश खानले ३ तथा मार्कस स्टोइनिसले २ विकेट लिए ।
अंक तालिका
राजस्थान रोयल्स ६ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस ६ खेलबाटै ८ अंकसहित दोस्रो स्थानमा छ ।
चेन्नई सुपर किंग्स, गुजरात टाइटान्स, पञ्जाब किंग्स र मुम्बईको समान ६ अंक रहेको छ ।
कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादको ४ अंक छ । अंकविहीन दिल्ली पुछारमा छ ।
आजको खेल
आज दुई वटा खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे पञ्जाब र बेंगलोर खेल्दैछन् । बेलुकी ७ः४५ बजे दिल्ली र कोलकाता भिड्दै छन् ।