arrow

खस प्रतिष्ठान र संग्रहालय बनाउन सांसद तामाङको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
chhring-lhamu-lama-tamang.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले जुम्लामा खस सभ्यता जोगाउन खस प्रतिष्ठान र संगहालय बनाउन सरकारसँग माग गरेकी छिन् । 

संसद्को शून्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र संग्रहालय बनाउन माग गरेकी हुन् ।

‘खस सभ्यतालाई संसारमा चिनाउन जरुरी छ । यो हाम्रो मौलिक सभ्यता हो’,  उनले भनिन्, ‘यसका लागि सिँजामा खस प्रतिष्ठान र खस संग्रहालय स्थापना गरौँ ।’

उनले आगामी बजेटमा दुर्गम क्षेत्रलाई प्राथमिकता दिन भन्दै कर्णालीका सडकहरूलाई पर्याप्त रकम दिन मागसमेत गरेकी छिन् ।

 ‘कर्णाली राजमार्ग, छिन्जु–डोल्पा सडक, नाग्मा–गमगढी–नाङ्चेलाग्ना सडक, खुलालु–हुम्ला सडकहरूलाई पर्याप्त रकम विनियोजन गरौँ,’ उनले भनिन् । 

सांसद तामाङले खस सभ्यताको संरक्षण र जुम्ला विमानस्थलको स्तरोन्नतिका लागि यसअघि नै पर्यटन मन्त्रालयमा मागसहित ध्यानाकर्षण गराइसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ