arrow

छैटौं खेलमा बल्ल खोल्यो दिल्लीले खाता, कोलकाता अभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
ipl-delhi-kolkata-2023.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्यो । 

यो जितसँगै दिल्लीले छैटौं खेलमा बल्ल अंकको खाता खोलेको छ । कोलकाता भने अभागी सावित भएको छ । ऊ दिल्लीसँग हार्ने यो सिजनको पहिलो टिम बनेको छ । 

खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । कमजोर खेलेको कोलकाताका लागि ओपनर जासन रोयले ३९ बलमा ४३ रन बनायो । त्यस्तै एन्द्रे रसेलले ३१ बलमा अविजित रहँदै ३८ रन बनाए । त्यस्तै मन्दीप सिंहले १२ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

इशान्त शर्मा, एन्रिच नोर्जे, अक्षर पटेल र कुलदीप यादवले २–२ विकेट लिए । जवाफमा दिल्लीले १९.२ ओभरमै ४ विकेट गुमाएर जित हासिल गर्यो । 

कप्तान डेभिड वार्नरले ४१ बलमा ५७ रन बनाए । 

बिहीबारको अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पञ्जाब किंग्सलाई २४ रनले हरायो । 

अंक तालिका 
राजस्थान रोयल्स ६ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस ६ खेलबाटै ८ अंकसहित दोस्रो स्थानमा छ । 

चेन्नई सुपर किंग्स, गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बेंगलोर, पञ्जाब किंग्स र मुम्बईको समान ६ अंक रहेको छ । 

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ४ अंक छ । 

६ खेलबाट २ अंक जोडेको दिल्ली पुछारमा छ । 

आजको खेल
आज एउटामात्र खेल हुँदैछ । बेलुकी ७ः४५ बजे चेन्नई र हैदराबाद भिड्दै छन् । खेल चेन्नईमा हुँदैछ ।  
 



नयाँ