arrow

रानीमहलमा बिच भलिबल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
volleyball at palpa-press conference.jpg

पाल्पा । पाल्पास्थित रानीमहलमा राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ । उक्त प्रतियोगिता बैशाख २८ देखि ३० गतेसम्म हुने भएको छ । 

सञ्जय मेमोरियल फाउन्डेसनले प्रेस कन्फरेन्स आयोजना गरि रानीमहलमा खेलकुद र पर्यटन क्षेत्रलाई जोड्ने उद्धेश्यका साथ यो खेलको शुरुआत गरिएको बताइएको छ। 

 प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्विकृत तालिका अनुसार बैशाखको अन्तिम साता राष्ट्रिय स्तरको पुरुष बिच भलिबल प्रतियोगिता आयोजना हुन गइरहेको छ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागिय र आयोजक गरि ११ टिमको सहभागीता रहनेछ भने लिग र नकआउटको आधारमा सञ्चालन हुने यस प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइनेछ ।

 

IMG_9014.jpg
IMG_9002.jpg
IMG_9008.jpg
IMG_9023.jpg
IMG_9025.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ