arrow

विश्व कीर्तिमानसहित सन्दीपले पूरा गरे सय विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
sandeep-lamichhane-100-wkt.jpg

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका नेपालका स्पिन बलर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)  क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । 

उनले विश्व कीर्तिमानसहित एक सय विकेट पूरा गरेका हुन् । ओमानका अदिल शाफिकको विकेट लिएसँगै सन्दीपले सय विकेट पूरा गरेका हुन् । 

उनले कम खेलमा सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि ओडीआईमा ४४ खेलमा सय विकेट पूरा गरेर अफगानिस्तानका खेलाडी राशिद खानको नाममा कीर्तिमान रहेको थियो । खानले सन् २०१८ मा ४४ एक दिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीपले ४२ एक दिवसीय अन्तर्राष्ट्रियमा सय विकेट पूरा गरेका छन् । यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट पूरा गरेका थिए । 

नेपालका लागि सन्दीपपछि सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन् । यो विकेट नेपालले ओमानविरुद्ध ५० औं ओडीआई खेल्नुअघिको हो । 

सन्दीपले सन् २०१८ अगष्ट १ का दिन खेलिएको नेपालको पहिलो ओडीआई खेलमा डेब्यु गरेका थिए । सन्दीपले नेपालको लागि १४ ओडीआई खेलमा कप्तानी गरेका थिए ।

तर निकै नै उत्कर्षको क्रिकेट खेलिरहेका बेलामा नाबालिग बलात्कार आरोपमा परेपछि उनी गत वर्षको भदौ अन्तिमदेखि फागुनसम्म खेल्न पाएनन् । केही समय उनी जेलमासमेत रहे । उनको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ