arrow

अलिअलि माया होस्

logo
वसन्तराज अज्ञात, 
प्रकाशित २०८० वैशाख ९ शनिबार
basantaraj-aagyat-song-2080.jpg

अलिअलि माया होस्
अलिअलि साथ होस्
थाकेर लडेछु भने
त्यहाँ  तिम्रो हात होस् 
अलिअलि हो हो अलिअलि ।

बतासमा वेग हुन्छ, तिम्रो भरथेग हुन्छ 
आफ्नो मान्छे टाढा हुँदा भित्रभित्रै मन रुन्छ
जति टाढा भए पनि 
अलिअलि याद होस्
थाकेर लडेछु भने
त्यहाँ  तिम्रो हात होस् ।

भेट्नु छुट्नु केही हैन, सहनु छ दुःखसुख
निरीहलाई मलमपट्टी, किन छर्ने नूनचुक
मायाभित्र नजानिँदो
अलिअलि मात होस्
थाकेर लडेछु भने
त्यहाँ  तिम्रो हात होस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ