arrow

उपत्यकामा दिनभर मौसम बदली, पहाडमा पानी, तराईमा हावाहुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
cloud-black-weather-monsoon.jpg
तस्बिर – फाइल ।

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसमविद् गोविन्दकुमार झाका अनुसार आज उपत्यकामा दिनभर मौसममा बदली भइरहने छ । बिहानसम्म वर्षा भएकामा अहिले रोकिएको छ भने केही बेरमा फेरि वर्षा हुन सक्नेछ । 

उनले अहिलेको वायुको प्रभावअनुसार वर्षा भइरहने नभइ क्षणिक वर्षा हुँदै रोकिँदै जानेछ । आज देशभरको मौसम बिग्रिएको भए पनि वर्षा भने सबै ठाउँमा नपर्ने उनले बताए । 

दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। अपरान्हपछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखााले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ