arrow

झिनो अंकले बढ्यो शेयर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ११ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो ।

योसँगै सूचक १८८८.३२ को विन्दुमा आएर अडिएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १८।८० अंकले ओरालो लागि १८८५।६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता शेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख भन्दाबढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ। 

नेप्से सूचकमा १२० कम्पनीमा वृद्धि भएको छ । ८५ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ८ करोड ८१ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको करिब ३ करोडको कारोबार भएको हो । 

सोमबार १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा ओरालो लागेको छ  भने बाँकी सबैं कम्पनीहरुमा सामान्य वृद्धि भएके छ । सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । सोमबार पिपुल्स पावर ८.११ प्रतिशत र नविल प्रगति फण्डको ७।९४ प्रतिशतको शेयर कारोबार भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ