arrow

मुम्बईको निरीह प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
gujarat-titans-2023a.jpg

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटान्स विजयी भएको छ । गएराति अहमदाबादको मैदानमा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गर्यो । 

पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २०७ रन बनायो । शुबमन गिलले ३४ बलमा ५६ तथा डेभिड मिलरले २२ बलमा ४६ रन बनाए । 

त्यस्तै अबिनभ मनोहरले २१ बलमा ४२ रन जोडे । पियुष चावलाले २ विकेट लिए । जवाफमा मुम्बईले ९ विकेटको क्षतिमा १५२ रनमात्रबनाउन सक्यो । ५९ रन जोड्दा ५ विकेट गुमाइसकेको मुम्बईका लागि नेहाल वाधेराले २१ बलमा ४० तथा क्यामरन ग्रिनले २६ बलमा ३३ रन जोडे । नुर अहमदले ३ तथा राशिद खान र मोहित शर्माले २–२ विकेट लिए । 

अंक तालिका 
चेन्नई सुपर किंग्स ७ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहेको छ । ७ खेलबाट १० अंकसहित गुजरात टाइटान्स दोस्रो स्थानमा पुगेको छ । 

७ खेलबाट ८ अंकसहित राजस्थान रोयल्स तेस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टस ७ खेलबाटै ८ अंकसहित चौथो स्थानमा छ । 

रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।  

मुम्बई इन्डियन्स ७ खेलबाट ६ अंकसहित सातौैं स्थानमा रहेको छ । 

७ खेलबाट कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान ४ अंक छ ।  

आजको खेल
आज एउटा खेल हुँदैछ । बेलुकी ७ः४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ