उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले छाडे कांग्रेस
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० वैशाख १३ बुधबार
868
Shares
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाका उद्योग वाणिज्य संघका अध्यक्षले नेपाली कांग्रेस छाडेका छन् । उद्योग वाणिज्य संघ अध्यक्ष उदयनारायण सापकोटाले नेपाली कांग्रेसले जनताको अपेक्षा अनुरुप काम नगरेको आरोप लगाउँदै कांग्रेस छोड्ने निर्णय गरेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
जनताको काम गर्ने भनेर कांग्रेसले गरेको बाचा अनुरुप काम नगरेपपछि आफू यो निर्णयमा पुगेको उनले बताए । उनले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पुराना दलबाट अबको विकास सम्भव नरहेकाले नया सम्भावनाको खोजी गर्नु पर्ने बताउँदै समुन्नत नेपाल, सम्मानित नेपाली’ को नारा लिएर हिँडेका युवाहरुलाई प्रजातन्त्र प्राप्तिको ३४ वर्षदेखि सत्ता केन्द्रित रहेको नेपाली कांग्रेसले २०४८, २०५६ सालमा पूर्ण बहुमत प्राप्त गरेर पनि गुटबन्दीका कारण जनभावना अनुरुप काम गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष सापकोटाले कांग्रेस छाड्ने निर्णय गरेको बताए।