arrow

भारतमा एकैदिन साढे नौ हजार बढी संक्रमित थपिए, २९ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
corona-india-keral.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए । 

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९ बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ