arrow

२२ भ्रातृ सङ्गठनका पदाधिकारीको भेला  वैशाख २० मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले सबै जनवर्गीय सङ्गठनको पदाधिकारी भेला गर्ने भएको छ । पार्टीले यही वैशाख २० गते काठमार्डौँमा सो भेला गर्न लागेको हो ।

पार्टीका महासचिव घनश्याम भूसालको उपस्थितिमा बुधबार बसेको मोर्चा फाँटको बैठकले पार्टी निकट २२ भ्रातृ सङ्गठनका पदाधिकारीको भेला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी समसामयिक राजनीतिक अवस्थामा त्यसलाई प्रयोग गर्न केन्द्रीय नीतिमा प्राथमिकतामा राखिने छ । पार्टीले अवलम्बन गरेको समाजवादी अर्थ व्यवस्थाको नीति तथा राजनीतिक दृष्टिकोणका साथै कार्ययोजनामा आवश्यक सुझाव दिन भेलामा राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल गरिनेछ । 

महासचिव भूसालले पार्टीलाई देशभर सङ्गठित गरी जनतालाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण गरी जनमुखि बनाउन पार्टीको कार्यदिशा परिमार्जन गर्न भेला उपयोगी हुने विश्वास व्यक्त गरे । 
 
मोर्चा फाँटका इन्चार्ज डा विजय पौडेलका अनुसार पार्टीमा गर्नुपर्ने आवश्यक सुधार तथा कार्ययोजनामा परिमार्जनका लागि सामूहिक धारणा भेलाले बनाउने छ । उक्त धारणाका आधारमा प्रतिवेदन बनाई पार्टी केन्द्रलाई बुझाउने छ । सबै सङ्गठनका करिब दुई सय पदाधिकारी सहभागी हुने भेलामा अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ