arrow

झिनो अंकले घट्यो शेयर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको शेयर बजार बिहीबार २.२७ अंकले घटेको हो ।

नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ । 

यसैगरी २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो । 

सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको शेयर किनबेच भएको हो । यसैगरी बिहीबार सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ