arrow

चोरी आरोपमा युवती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
Barsha.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेर फरार रहेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ शान्तिवनकी २३ वर्षीया वर्षा कामी रहेकी छन् ।

प्रहरीका अनुसार यहि वैशाख १३ गते दिउसो १२ः२३ बजे पोखरा ९ पृथ्वीचोकस्थित राष्ट्रिय वाणिज्य बैंक अगाडि पोखरा १८ सराङकोटका एक व्यक्तिको स्कूटरको डिक्कीमा राखेको ८० हजार रुपैयाँ कार्कीले चोरी गरेकी थिइन् ।

सूचना, हुलिया र सिसिटिभि फुटेजका आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । उनको साथबाट ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ