arrow

एमालेबाट असई हत्याका अभियुक्त कोइरीको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
laxmi-mahatto-koiri-mahottari-1-uml-mp-2079-2022.jpg

काठमाडौं । नेकपा एमालेले असई हत्याका अभियुक्त लक्ष्मी महतो कोइरीलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको छ । 

एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरणमा कोइरीको नाम उद्योग समितिमा सिफारिस गरेको छ । उनको नाम अब बस्ने  प्रतिनिधिसभा बैठकले अनुमोदन गर्नेछ ।

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।

फरार रहेका कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद बिहीबार सचिवालयलाई पत्र लेखेका थिए । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

असई विकको हत्या अभियोगमा उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएयता फरार रहेका कोइरी प्रतिनिधिसभाका २५ बैठकमा अनुपस्थित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ