- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति जयपुरको मैदानमा भएको खेलमा राजस्थानले चेन्नई सुुपर किंग्सलाई पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतिमा २०२ रन बनायो । ओपनर यशस्भी जैसवालले ४३ बलमा ७७ रन बनाए भने ध्रुब जुरेलले १५ बलमा ३४ रन बनाए । त्यस्तै देवदत्त पडिक्कलले १३ बलमा २७ रन बनाए ।
जवाफमा चेन्नईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । शिवम दुबेले३३ बलमा ५२ तथा ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए ।
एडम जम्पाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए ।
अंक तालिका
राजस्थान रोयल्स ८ खेलबाट १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । ७ खेलबाट १० अंककै गुजरात टाइटान्स दोस्रो स्थानमा छ । ८ खेलबाट १० अंकको चेन्नई सुपर किंग्स तेस्रो स्थानमा झरेको छ ।
लखनउ सुपर जाइन्टस ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ ।
रोयल च्यालेन्जर्स बेंगलोर ८ खेलबाट ८ अंकसहित पाँचौं तथा पञ्जाब किंग्स ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ८ खेलबाट ६ अंकसहित सातौं तथा मुम्बई इन्डियन्स ७ खेलबाट ६ अंकसहित आठौैं स्थानमा रहेको छ ।
७ खेलबाट सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान ४ अंक छ ।
आजको खेल
आज एउटा खेल हुँदैछ । बेलुकी ७ः४५ बजे पंजाब किंग्स र लखनउ सुपर जाइन्टस भिड्दै छन् ।
खेल मोहालीमा हुँदैछ ।