arrow

वैज्ञानिकले थाले आन्दोलन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
mahabirko andolan (12).jpg

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आजबाट आन्दोलनमा उत्रेका छन् । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

माइतीघरस्थित नयाँ बानेश्वर जाने सर्भिसलेनलाई बन्द गरेर धर्ना कार्यक्रम भएको छ । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर पुन आन्दोलनमा उत्रेका हुन् ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुन आन्दोलनमा होम्मिएका हुन् ।

mahabirko andolan (1).jpg
mahabirko andolan (2).jpg
mahabirko andolan (3).jpg
mahabirko andolan (4).jpg
mahabirko andolan (5).jpg
mahabirko andolan (6).jpg
mahabirko andolan (7).jpg
mahabirko andolan (8).jpg
mahabirko andolan (9).jpg
mahabirko andolan (10).jpg
mahabirko andolan (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ