arrow

पोखरा लामाचौरका सन्तु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
santu.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरका वर्ष २६ का सन्तु घर्ती मगर रहेका छन् ।

बिहीबाट जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट लागूऔषध डाइजापाम ४५ एम्पुल, फेनेरागन ४९ एम्पुल र नुफिन ३७ एम्पुल गरि १३१ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ गरेका मगरलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्धामा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ