arrow

अझै दुई दिन पानी पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
climate.jpg

काठमाडौं । अझै दुई दिन पानी पर्ने भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  उल्लेख गरेको छ । 

प्रि-मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन-चट्याङसहित वर्षा भएको हो ।  काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको थियो। आइतबार र सोमबार वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । 

“पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । आइतबार  र सोमबार पनि वर्षाको सम्भावना छ”, उनले भनिन् । प्रि-मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन-चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ