arrow

परराष्ट्रमन्त्री साउद भन्छन् – देशको अर्थतन्त्र सुदृढ छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
np-saud.jpg
तस्बिर – फाइल ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । 

उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो । 

उनले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाँति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताए । उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताए । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उनले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए । 

उनले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्वा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ