- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आइतबार राति एक हजारौँ खेल भएको छ । राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीचको खेलसँगै आईपीएलले हजार खेल पूरा गरेको हो ।
खेलमा मुम्बई ६ विकेटले विजयी भएको छ । पहिले ब्याटिङ गरेको राजस्थानले ७ विकेट गुमाएर २१२ रन बनायो ।
यशस्वी जैसवालले ६२ बलमा १२४ रन बनाए । उनले ८ छक्का र १६ चौका हानेका थिए । अर्शद खानले ३ तथा पिउस चावलाले २ विकेट लिए ।
जवाफमा मुम्बईले १९.३ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्यो । सूर्यकुमार यादवले २९ बलमा ५५, टिम डेभिडले १४ बलमा अविजित रहँदै ४५, क्यामरुन ग्रिनले २६ बलमा ४४ रन र तिलक वर्माले २१ बलमा अविजित रहँदै २९ रन बनाएसँगै मुम्बईले जितेको हो । बर्थडे म्यान कप्तान रोहित शर्माले भने मात्र ३ रन बनाएका थिए ।
हजारौँ खेलको अंक–
१००० खेलमा १ हजार ४७४ खेलाडीले खेलेका छन् । २ लाख ९४ हजार ८३३ रन भएको छ ।
१० हजार ६१४ विकेट ढलेको छ । त्यस्तै ११ हजार ३०२ छक्का प्रहार भएको छ । २६ हजार ७११ चौका हानिएको छ ।
१४ खेल सुपर ओभरमा निर्णायक भएको छ । ५ खेलमात्र नतिजाविहीन भएको छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।
अहिलेसम्म ७८ शतक बनेको छ । १ हजार ५०९ अर्धशतक बनेको छ । ३५३ मेडन ओभर बलले फ्याँकेका छन् । १ हजार १९५ पटक बलर्सले ब्याट्सम्यानलाई शून्यमा आउट गरेका छन् । २९ पटक ५ प्लस विकेट एकै खेलमा खेलाडीले लिएका छन् ।
आईपीएलमा सबैभन्दा बढी रन विराट कोहलीले बनाएका छन् । उनले ६ हजार ९५७ रन बनाएका छन् । सबैभन्दा बढी विकेट चेन्नई सुपर किंग्सका पूर्व अलराउन्डर ड्याने ब्राभोले लिएका छन् । उनले १८३ विकेट लिएका छन् ।
सबैभन्दा बढी चौका शिखर धवनले ७३४ चौका हानेका छन् । उनले ६ हजार ५०६ रन बनाइसकेका छन् ।
सबैभन्दा बढी छक्का वेष्ट इन्डिजका क्रिस गेलले हानेका छन् । १४२ खेलमा उनले ३५७ छक्का हानेका छन् ।
सबैभन्दा बढी अर्धशतक डेभिड वार्नरको नाममा रहेको छ । उनले ५९ वटा अर्धशतक बनाइसकेका छन् ।
सबैभन्दा बढी शतक क्रिस गेलकै नाममा छ । उनले ६ शतक लगाएका छन् ।
सबैभन्दा धेरै ह्याट्रिक अमित मिश्राले लिएका छन् । उनले ३ पटक ह्याट्रिक गरेका छन् ।
सबैभन्दा बढी क्याच सुरेश रैनाले लिएका छन् । उनले १०९ क्याच लिएका छन् ।
एकै इनिङ्समा सबैभन्दा बढी रन क्रिस गेलले बनाएका छन् । उनले ६६ बलमा अविजित रहँदै १७५ रन बनाएका छन् ।
आईपीएलमा एकै इनिङ्समा सबैन्दा बढी रन रोयल च्यालेन्जर्स बेंगलोरले बनाएको छ । सन् २०१३ मा आरसीबीले पुने वारियर्सविरुद्ध ५ विकेटको क्षतिमा २६३ रन बनाएको हो ।
तर त्यही बेंगलोर ४ पटक ७० भन्दा कमय योगफलमा आउट भएको छ । सबैभन्दा कम स्कोर पनि बेंगलोरकै नाममा छ । उसले सन् २०१७ मा कोलकाताविरुद्ध ४९ रन बनाएको थियो ।
प्लेयर अफ द टुर्नामेन्ट– १५ सिजनमा ३ भारतीयमात्र प्लेयर अफ द टुर्नामेन्ट हुँदा १२ पटक विदेशी खेलाडी नै भएका छन् ।
जसमा ५ पटक वेष्ट इन्डिजका, ४ पटक अष्ट्रेलियाका तथा इङ्गल्याण्डका खेलाडीले ३ पटक यो उपाधि जितेका छन् ।
भारतबाट सचिन तेन्दुलकरले सन् २०१० मा यो उपाधि जित्दा ६१८ रन बनाएका थिए ।