arrow

क्षेत्रीय सचिव रसाइलीले पनि छोडे कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १८ सोमबार
thakur-rasaily-parbat.jpg

पर्वत । नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाइलीले पार्टी परित्याग गरेका छन् । पार्टीको १४औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका रसाइलीले सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका हुन् ।

केही दिनअघि मात्रै कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याससहित ३१ जनाले कांग्रेसले पार्टी परित्याग गरेका थिए ।

यस्तो लेखेका छन् फेसबुकमा उनले–
मेरो झन्डै ३ दशक उमेरमा धेरै कुरा पाएको छु र धेरै कुरा गुमाएको छु । पाउनु र गुमाउनु मेरो स्वाभाव, आत्माविश्वास, सिधा दृष्टिकोण, लगाव र समर्थकहरुको स्नेहमा निर्भर रहयो र छ । अवसर पाउनु र सन्तुष्टि मिल्नु विल्कुल फरक कुरा रहेछन् । मलाई सन्तुष्टि नमिल्ने धेरै अवसर मेरो छेउ आइपुगेनन् । छुटिगए । छोडिदिँए । 

अलिक खुला भएर बाँच्ने ह्याविटले जहाँ म आफु जस्तो लाग्दैन त्यहाँ दिल बस्दैन । अर्को त जहाँ जे गरिन्छ त्यहाँ धेरथोर प्रभाव रहनुपर्छ भन्ने चेतले घोचिरहयो । जसका कारण पाउने र गुमाउने शिलशिला जिवनका घुम्तिहरुमा आइरहे । आज, सबैभन्दा उर्जाशिल समय विताएको संगठनबाट स्वमर्जि बिदा लिने निर्णयमा पुगेको छु । 

जान्ने भएको दिन देखी समाजसंग जोडिएर धेरथोर काम गरेको छु । सबैभन्दा बढी गरिएको काम आदत बन्छ । मेरो आदत समाजसंगै जोडिएर कर्म गर्नु बनेको छ ल्याकतले भेटे सम्म यो शिलशिला त रहने नै छ । 

संगठनबाट निरपेक्ष रहेर सबैप्रति सम्मान सहयोग र प्रेम नै बाँडेर बाँकी जिन्दगी बिताउनु छ । मेरो यो निर्णयले आम सुभेच्छुकप्रति पर्न जाने असुविधाप्रति क्षमा चहान्छु । अबका दिनमा मेरो अनुहारमा विश्वास भरोसा गर्नेहरू प्रति संवाद, सल्लाह गर्दै बाँकी सामाजिक यात्रा तय गर्नेछु । 

अरु कुरा गर्दै जाउँला । खुल्दै जाउँला । सबैप्रति स(प्रेम कृतज्ञता । सबैको जय होस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ